कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरेको छ।
कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखा परेको हो । चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको […]
कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य
कञ्चनपुर : भीमदत्त नगरपालिका २ उल्टाखाममा यौन दुर्व्यवहारमा परेकी ११ वर्षीया बालिकाको जीवन सुरक्षा सहितका माग राखेर अधिकारकर्मीहरु नगरपालिका पुगेका छन्।मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसम्म पुगेर उनीहरुले ज्ञापन पत्र बुझाएका छन्।ज्ञापन पत्रमा पीडित बालिकाको तत्काल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जीवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने सहित समाजिक सुरक्षाको माग राखिएकाे छ।अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गरेका छन्। सो अवसरमा उनले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिए।
कञ्चनपुर : भीमदत्त नगरपालिका ५ का ६७ वर्षीय पुरुषको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आज कञ्चनपुरका ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ‚ जसमा भीमदत्त नगरपालिकाका ३, दोधारा चाँदनी नगरपालिकाका १, पुनर्वास नगरपालिकाका २ र गड्डाचौकीका १ जनामा कोरोनाको संक्रमण देखिएको छ।कोरोना संक्रमणमुक्त भएका विरामीको संख्या भने आज ९ रहेको छ। कोरोनाका सक्रिय केस ८२ वटा रहेका छन्। अस्पतालको आइसोल
कञ्चनपुर : होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले आठवटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।कोभिड–१९ संक्रमितहरुका लागि ३९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलब्ध गराइएको हो। किटको मूल्य करिब १२ लाख रुपैयाँ रहेको छ।भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालि
कञ्चनपुर : वेदकोट नगरपालिकामा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो।५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो। कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।भीमदत्त नगरपालिका-६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन्। उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो।दोस्रो लहरको कोरोन
१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले […]
१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या […]