यौनहिंसा पीडित बालिकालाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग

कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य