कोरोना संक्रमणबाट स्वास्थ्य शाखाकी सिनियर अनमीको मृत्यु

कञ्चनपुर : वेदकोट नगरपालिकामा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो।५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो। कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।भीमदत्त नगरपालिका-६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन्। उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो।दोस्रो लहरको कोरोन

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

सुर्खेतका कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेका एक जना कोरोना संक्रमितको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मृत्यु भएको छ । विगत १० दिनदेखि अस्पतालमा उपचाररत ती संक्रमितको आज विहान मृत्यु भएको हो ।सुर्खेत चौकुने गाउँपालिका– १० का ३८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।  जुम्ला अस्पतालमा कोरोना संक्रमणका कारण मुत्यु भएको यो दोस्रो घटना भएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्

जुम्लामा एक जना कोरोना संक्रमितको मृत्यु

जुम्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारथ कालिकोटका एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो ।जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसीयूमा उपचार गरिरहेका कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय सिंहबहादुर शाहीको […]

दमकका कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

झापा। कोरोना सङ्क्रमणका कारण दमककी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो। कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक जना वृद्धको निधन भएको थियो।

दैलेखमा थप एक कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।ती पुरूषमा बैशाख १४ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।दैलेखमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५४ जना रहेको छ। हालसम्म सातजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

बिपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

जनकपुर  । धनुषाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।उनको उपचारको क्रममा आज मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार उच्च रक्तचापका विरामी समेत रहेका ती पुरुषलाई वैशाख ९ मा प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भ