देशभर ३२ ठाउँमा आगलागी एककाे मृत्यु, दुइ कराेडकाे क्षति

काठमाडाैं : पछिल्लो २४ घण्टामा विभिन्न १७ जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।यस्तै २० वटा पशु चौपाया क्षति भएका छन्। देशभरिमा भएका आगलागीका घटनाबाट अनुमानित २ करोड १५ लाख ८३ हजार ५०० रुपैंया बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।सार्वजनिक विवरण अनुसार सप्तरीको बोदेबरसाईन नगरपालिका १० अमरैया टोलका एक जनाको मृत्यु भएको हो।आगलागीमा परी रौतहट गौर नगरपालिका ४ गढवा

सम्बन्धित सामग्री

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।  पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएक...

देखापढी विजिनेश न्यूज

काठमाडौं। लक्ष्मी पूजाको दिन देशभर १३०५ मेगावाट विद्युत खपत भएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ। लक्ष्मी पूजाको रात दाङ, सिन्धुपालचोक र चितवनमा गरि विभिन्न ७ उद्योगमा आगलागी हुँदा ८० लाख नगदका साथै १०औं करोडको क्षति भएको छ। सिटिजन्स बैंकले क्यास डिपोजिट मेसिनको शुभारम्भ गरेको छ।

विपदले दुई महिनामा ६५ जनाको मृत्यु, ५१ करोडभन्दा बढीको आर्थिक क्षति

पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि  जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् । पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।  पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् । दुई महिनामा विपद्का

‘विपद् व्यवस्थापन सरकारले मात्र गर्न सक्दैन‚ नागरिक पनि जागरूक हुनुपर्छ’

गर्मी याम सुरू भएसँगै आगलागी‚ डढेलोको घटना बढ्न थालेको छ। यति मात्र होइन पछिल्लो समय देशभर आगलागी, बाढीपहिरो, शीतलहरजस्ता विपद् घटना बढिरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष विपद् घटनाबाट करिब १०० जनाले ज्यान गुमाएका छन्। करिब ८०० भौतिक संरचनामा क्षति भयो। अनुमानित दुई अर्ब रूपैयाँको क्षति भएको छ।तर पनि यसलाई दिगो रूपले राज्यबाट विपद् व्यवस्थापन भएको पाइँदैन। बढी चैत, वैशाखमा वनजंगलमा डढेलो लाग्छ। यो समय नजिकिँदै छ।यसका लागि प्राधिकरणको क

११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु, दुई अर्बभन्दा बढिको क्षति

पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो । यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा । घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिक

विपद्का घटनाबाट वैशाखमा करिब ३४ करोडको क्षति, ३२ जनाको मृत्यु

काठमाडौं।पछिल्लो एक महिनामा विपदबाट देशभर ३३ करोड ७८ लाख ६५ हजार १९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखमा भएका विपद् सम्बन्धी ४४९ घटनाले उक्त क्षति गरेको हो।ती घटनामा ३२ जनाको मृत्यु र १३८ जना घाइते भएका छन्। सो अवधिमा सबैभन्दा बढी आर्थिक क्षति आगलागी र मानविय क्षति चट्याङले गरेको छ।

प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन करोडको क्षति

काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ लालझोडास्थित भगवती प्रा.लि उद्योग (प्लाई फ्याक्ट्री)मा बिहीबार बिहान आगलागी हुँदा तीन करोड बराबरको आर्थिक क्षति भएको छ। प्रहरीकाअनुसार आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मेसिनलगायत सामानहरु जलेको छ। गृह मन्त्रालयकाअनुसार २०७८ वैशाख १ गते यता आगलागीका घटनाबाट देशभर २२ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको र १० जनाको मृत्यु भएको छ।

१५ स्थानमा आगलागी, ३ करोड १६ लाखभन्दा बढीको क्षति

काठमाडौं। देशका १५ स्थानमा भएका आगलागीबाट ३ करोड १६ लाख ९१ हजार रुपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एक जना घाइते भएका छन् भने ६ वटा चौपायाको मृत्यु भएको छ। २०७८ साल सुरु भएपछि देशभर ११५ वटा ठूला आगलागीका घटनाबाट १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

आगलागी, हावाहुरी र चट्याङबाट एकैदिन दुई करोडभन्दा बढीको क्षति

काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।