आठ महिनामा विपद्का घटनामा परी ३२४ जनाको मृत्यु, १ अर्ब ५३ करोडभन्दा बढीको आर्थिक क्षति

बितेको आठ महिनामा विपद्का घटनाबाट देशभर ३२४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार २०७९ वैशाखदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड भएका २ हजार ६५२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको हो। बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका घटनामा परी यसवर्ष ३३ जना वेपत्ता भएका छन्। विपद्का घटनाले पछिल्लो आठ महिनामा १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ।