आगलागी, हावाहुरी र चट्याङबाट एकैदिन दुई करोडभन्दा बढीको क्षति

काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित सामग्री

दुई महिनामा अठसट्ठी आगलागी

दाङमा दुई महिनाको अवधिमा ६८ वटा आगलागीका घटना भएका छन्। सुक्खा समयसँगै हावाहुरी सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको छ । जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले दाङमा चैतदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा भएका ६८ वटा आगलागीका घटनामा तीन करोड ८६ लाख ४५ हजार दुई बराबरको क्षति भएको जानकारी दिनुभएको छ ।

रुकुम पश्चिममा भीषण हावाहुरी, मकैबालीमा १० करोडभन्दा बढीको क्षति

केही दिनअघि आएको भीषण हावाहुरीले रुकुम पश्चिममा कुल लगाइएको मकैमध्ये आधाभन्दा बढीमा क्षेति पुगेको छ।  हावाहुरीले जिल्लाभरमा करोडौँको क्षेति गरेको छ। कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार हावाहुरीले मकैमा झण्डै साढे...

भाेट माग्ने धेरै भए हावाहुरीले उडाएकाे छानो हाल्दिने कोही भएनन्

न्यूरेनीमा पहिलोपटक यति ठूलाे हावाहुरी आएको हो। यहाँका २२ घरधुरीमा क्षति पुगेको छ। तीन मिनेटकोबीचमा नै घर गोठ गरेर ५० लाखभन्दा बढीको क्षति पुगेको पुरुषाेत्तम भट्टराइले बताए। हावाहुरीसहित ठूलो पानी आयो। बाहिर अडिन सक्ने अवस्था थिएन। हामीलाई नै उडाएर लैजाने...

प्राकृतिक विपदबाट पर्वतमा ३ करोडभन्दा बढीको क्षति

पर्वत – आर्थिक वर्ष २०७४/७५ मा प्राकृतिक विपदबाट पर्वतमा झण्डै चार करोड बराबरको भौतिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला विपद व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी बाढीपहिरो, आगालागी, चट्यान, हावाहुरी असिना जस्ता विपदबाट जिल्लामा अनुमानित तीन करोड ५३ लाख क्षति भएको जनाएको हो । विपदमा परि एक व...