चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट डेढ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू वर्षको साउनदेखि चैतसम्मको अवधिको तथ्याङ्कअनुसार १ अर्ब ५३ करोड रुपैयाँको डाइपर आयात भएको हो ।भन्सार विभागले यस अवधिमा १० करोड ६७ लाखवटा डाइपर आयात भएको जानकारी दिएको छ । यसबापत आयातकर्ताले सरकारलाई ४५ करोड ८ लाख रुपैयाँ बराबर भन्सार राजश्व बुझाएका छन् ।नेपालमा विश्वका १५ वटा मुलुकबाट डाइपर आउने गरेको छ । जसमध्ये भारतबाट मात्रै १ अर्ब ४५ करोड रुपैयाँको डाइपर भित्रिएको छ । यस्तै, चीनबाट