रुइतलाई पद्मश्री गाैरव, ज्ञवालीलाई पद्मश्री साहित्य र ठकुरीलाई पद्मश्री साधना सम्मान

काठमाण्डाै – २०७८ सालको पद्ममश्री गाैरव पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने भएकाे छ । डा. रुइतलाई दुर्गम क्षेत्रमा गएर आँखाकाे माेतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरेर धरैलाई ज्याेति प्रदान गरेकाे याेगदानकाे कदर गर्दै पुरस्कार दिइने भएकाे हाे । यस्तै पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । ज्ञवालीको 'अर्काे भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो । यस्तै पद्यश्री साधना सम्मानबाट कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ । ठकुरीलाई आधुनिक कथाको क्षेत्र...

सम्बन्धित सामग्री

शान्तदासलाई साहित्य सृष्टि सम्मान, अनुज्ञालाई राकुपा बालप्रतिभा

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक शान्तदास मानन्धर सम्मानित भएका छन्। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आइतवार काठमाडौंको नयाँ बानेश्वरमा रहेको थाहा पुस्तकालयमा एक कार्यक्रम आयोजना गरी मानन्धरलाई सम्मान गरेको हो। नेपाली बालसाहित्यको क्षेत्रमा आधा शताब्दीदेखि अनवरत सेवा जारी राखेका उनलाई नगद २५ हजार रुपैयाँसहित 'साहित्य सृष्टि वाङ्मय साधना सम्मान'…

पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

काठमाडाैं : वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्

‘साहित्य सृष्टि बाल वाङ्मय साधना सम्मान’का लागि अध्यक्ष प्रधानको ५ लाख सहयोग

काठमाडौं : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ पुरस्कारका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। आइतवार सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख रुपैयाँको चेक केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई हस्तान्तरण गरेका हुन्। गत मंसिर २४ गते तनहुँको…

भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं : भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित भएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो।त्यस्तै यो वर्षको पद्मश्री साहित्य पुरस्कार गत वर्ष प्रकाशित केशव दाहालको उपन्यास 'मोक्षभूमि'लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। गत वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव

भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षक...

पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई अर्पण गर्ने निर्णय गरिएको छ । ‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, […] The post पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई दिने निर्णय गरेको छ ।त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु तीन—तीन लाख रहेको छ ।विसं २०६३ सालदेखि प

कर्णाली प्रदेशकै ठूलो साहित्य पुरस्कार ‘मोहपथ’लाई, सत्यमोहन जोशीलाई साधना सम्मान

कर्णाली साहित्य समाज सुर्खेतले स्थापना गरेको कर्णाली प्रदेशकै ठूलो राशीको पुरस्कार ‘मोहपथ’लाई प्रदान गरेको छ।

‘शमी साहित्य साधना सम्मान’ मोहन वैद्यलाई

काठमाडौं । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको रु एक लाख एक हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो । उहाँको पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने ‘माक्र्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ । सो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा.राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिसबमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ ।