काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रयमासमा वार्षिक प्रति सेयर आम्दानी रू. ३५.७३ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।बैंकको यस दोस्रो त्रयमाससम्ममा कर्जातर