उखुको मूल्य तोक्न ढिलाइ

काठमाडौं । सरकारले समयमै उखुको मूल्य तोक्न नसक्दा किसान अन्योलमा परेका छन् । तराईका दुई दर्जन जिल्लामा लाखौं किसानले व्यावसायिक रूपमा उखुखेती गर्दै आए पनि क्रशिङ सिजन शुरू हुनै लाग्दासमेत यस वर्षका लागि सरकारले उखुको मूल्य तय गर्न सकेको छैन, जसकारण किसान अन्योलमा परेका हुन् । मूल्य तोक्न सरकारले चासो नदेखाएपछि किसानहरूले हिजोआज सिंहदरबारसम्म धाउनु परेको छ । गएको बिहीवार कृषि मन्त्रालयमा किसान प्रतिनिधिले कृषिमन्त्री महेन्द्र राय यादव, कृषि सचिव गोविन्द शर्मालाई भेटेर दबाबसमेत दिए । भेटका क्रममा भएको छलफलमा आपूmहरूले उत्पादन लागत र चिनीको विक्री मूल्यको आधारमा उखुको न्यायोचित मूल्य तय गर्न माग गरेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । यस वर्षका लागि उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५० रुपैयाँ कायम गर्न उनीहरूको माग छ । ‘यस वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल साढे ६ सय रुपैयाँ कायम गर्न हामीले माग गरेका छौं,’ अध्यक्ष मैनालीले भने, ‘उत्पादन लागतको आधारमा मूल्य नतोकिए किसानले उखुखेती गर्न छाड्नेछन् । त्यसले चिनी उद्योग बन्द हुने अवस्था आउने छ । यसप्रति हामीले सरकार र उद्योगीको ध्यानाकर्षण गराएका छौं ।’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले यसवर्षको लागि उखुको मूल्य यसैसाता तोक्ने गरी तयारी भइरहेको जानकारी दिए । यस वर्ष उखुको मूल्य तोक्ने काम विगतको भन्दा वैज्ञानिक र व्यावहारिक हुने उनको दाबी छ । कृषि मन्त्रालयका अनुसार यस वर्ष उखुको मूल्य तोक्न मन्त्रालयले उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन गरेको थियो । प्रत्येक जिल्लाबाट ३० भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ । गतवर्ष कसरी भएको थियो मूल्य निर्धारण ? गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा मिलाएर गतवर्ष ५ सय ४४ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण भएको थियो । गतवर्ष अघिल्लो वर्षको तुलनामा क्वीन्टल ८ रुपैयाँ मात्रै मूल्य बढेको थियो । तर, यस वर्ष उखुको मूल्य गतवर्षभन्दा प्रतिक्वीन्टल १ सय ६ रुपैयाँ बढी निर्धारण गर्न नेपाल उखु उत्पादक महासंघले माग गरेको छ लागत अनुसार मूल्य नपाउँदा तराईमा विगत केही वर्षदेखि उखुखेती घट्दै गएको छ । लागत अनुपातमा मूल्य नपाइने र सरकारले तोकेकै मूल्य पनि उद्योगीले समयमै नदिने समस्याको कारण किसानले उखु मास्दै गएका छन् । उखु अभावमा उद्योग बन्द हुने अवस्थामा उखुको अभावमा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म हिउँदका ४/५ महीना चल्ने चिनी उद्योग उखु अभावमा अचेल सञ्चालन भएको २ महीनामै बन्द हुन थालेका छन् । इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालका अनुसार २/४ वर्षअघिसम्म मङ्सिरमै चिनी उद्योगहरू सञ्चालमा आउँथे । तर, यस वर्ष पुसको पहिलो सातामा पनि उद्योग चल्ने नचल्ने ठेगान नभएको उनको भनाइ छ । सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेस्ट चिनी उद्योगबाहेक देशका सबैजसो चिनी उद्योगले किसानलाई तोकिएको मूल्यसमेत समयमै दिएका छैनन् । यसले उखुखेतीमा लागेका किसान निराश भएका छन् । यसको कारण किसानले उखुखेती मासेर अन्य अन्नबाली लगाउन थालेका छन् । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा व्यावसायिक उखुखेती हुँदै आएको छ । गतवर्ष नेपालमा १ लाख २० हजार मेट्रिक चिनी उत्पादन भएको तथ्यांक छ । मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ ।

सम्बन्धित सामग्री

उखुको मूल्य पुनः निर्धारण नगरे संघर्षमा उत्रने किसानहरुको चेतावनी

सरकारले किसान प्रतिनिधिहरुको संलग्नता विनै उखुको मूल्य निर्धारण गरेको भन्दै किसानहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।...

उखुको मूल्य ७०५ रुपैयाँ कायम गर्न माग

यस सिजनको लागि उखुको मूल्य ७ सय ५ रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ।  आइतबार ज्ञापनपत्र सार्वजनिक गर्दै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकारवाला निकायसँग उखुको...

उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग

सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य […]

उखुको मूल्य निर्धारण र किसानको पीडा

हरेक वर्ष किसानले उद्योगीसँग उखुको मूल्य माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्थाले उखु किसानलाई यस क्षेत्रबाट पलायन गरिरहेको छ । तराईमा उखु व्यवसाय गर्ने किसानहरू आफैंले उत्पादन गरेको उखुको मूल्य नपाएर पीडित बन्नुपरेको छ । वर्षैपिच्छे सरकारले मूल्य तोकिदिनुपर्ने स्थिति सिर्जना भइरहेको छ । यो वर्ष पनि पुसको अन्तिम साता आएर सरकारले न्यून मूल्य निर्धारण गरिदियो, […]

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ […]

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।  उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।  किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण...

मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण : प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल

उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]

उखुको मूल्य निर्धारणमा सचेत बनौं

नेपालमा उखु खेतीलाई प्रोत्साहन गर्दा चिनी आयात प्रतिस्थापन मात्र होइन, यसले कृषिमा आधारित स्थानीय रोजगारी पनि सिर्जना गर्न मद्दत गर्छ । सरकारले हरेक वर्ष उखुको क्रसिङ सिजन नजिकिँदै गर्दा उखुको मूल्य तोक्ने गर्छ । वास्तवमा बजारमा उखुको मूल्यमात्र नभएर कुनै पनि वस्तु तथा सेवाको मूल्य सरकारले तोक्ने होइन । कुनै पनि वस्तु तथा सेवाको गुणस्तर […]

उखुको मूल्य बढ्ने, नयाँ बिक्रीदरको घोषणा यसै साता

२२ मंसिर, काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए । यो वर्ष उखुको मूल्य […]