यस सिजनको लागि उखुको मूल्य ७ सय ५ रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ।
आइतबार ज्ञापनपत्र सार्वजनिक गर्दै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकारवाला निकायसँग उखुको...
सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य […]
हरेक वर्ष किसानले उद्योगीसँग उखुको मूल्य माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्थाले उखु किसानलाई यस क्षेत्रबाट पलायन गरिरहेको छ । तराईमा उखु व्यवसाय गर्ने किसानहरू आफैंले उत्पादन गरेको उखुको मूल्य नपाएर पीडित बन्नुपरेको छ । वर्षैपिच्छे सरकारले मूल्य तोकिदिनुपर्ने स्थिति सिर्जना भइरहेको छ । यो वर्ष पनि पुसको अन्तिम साता आएर सरकारले न्यून मूल्य निर्धारण गरिदियो, […]
सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ […]
सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।
बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।
उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।
किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए ।
उखुको मूल्य निर्धारण...
सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल
सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]
नेपालमा उखु खेतीलाई प्रोत्साहन गर्दा चिनी आयात प्रतिस्थापन मात्र होइन, यसले कृषिमा आधारित स्थानीय रोजगारी पनि सिर्जना गर्न मद्दत गर्छ । सरकारले हरेक वर्ष उखुको क्रसिङ सिजन नजिकिँदै गर्दा उखुको मूल्य तोक्ने गर्छ । वास्तवमा बजारमा उखुको मूल्यमात्र नभएर कुनै पनि वस्तु तथा सेवाको मूल्य सरकारले तोक्ने होइन । कुनै पनि वस्तु तथा सेवाको गुणस्तर […]
२२ मंसिर, काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए । यो वर्ष उखुको मूल्य […]