उखुको मूल्य निर्धारणमा सचेत बनौं

नेपालमा उखु खेतीलाई प्रोत्साहन गर्दा चिनी आयात प्रतिस्थापन मात्र होइन, यसले कृषिमा आधारित स्थानीय रोजगारी पनि सिर्जना गर्न मद्दत गर्छ । सरकारले हरेक वर्ष उखुको क्रसिङ सिजन नजिकिँदै गर्दा उखुको मूल्य तोक्ने गर्छ । वास्तवमा बजारमा उखुको मूल्यमात्र नभएर कुनै पनि वस्तु तथा सेवाको मूल्य सरकारले तोक्ने होइन । कुनै पनि वस्तु तथा सेवाको गुणस्तर […]

सम्बन्धित सामग्री

उखुको मूल्य पुनः निर्धारण नगरे संघर्षमा उत्रने किसानहरुको चेतावनी

सरकारले किसान प्रतिनिधिहरुको संलग्नता विनै उखुको मूल्य निर्धारण गरेको भन्दै किसानहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।...

उखु काट्न सुरु भयो तर मूल्य निर्धारण भएन

उखु काट्न सुरु भए पनि अझै सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसानहरू चिन्तामा छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाटै उखु काट्न सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसानहरू चिन्ता परेका हुन् । सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानहरु सस्तोमै उखु बेच्न बाध्य रहेको उखु किसान युवराज मौर्यले जानकारी दिए । प्रत्येक वर्ष सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्ने कार्यले  किसानहरु बर्सेनि घाटा व्यहोर्दै आएको मौर्यले बताए । उनले भने, 'उखु

उखुको मूल्य निर्धारण र किसानको पीडा

हरेक वर्ष किसानले उद्योगीसँग उखुको मूल्य माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्थाले उखु किसानलाई यस क्षेत्रबाट पलायन गरिरहेको छ । तराईमा उखु व्यवसाय गर्ने किसानहरू आफैंले उत्पादन गरेको उखुको मूल्य नपाएर पीडित बन्नुपरेको छ । वर्षैपिच्छे सरकारले मूल्य तोकिदिनुपर्ने स्थिति सिर्जना भइरहेको छ । यो वर्ष पनि पुसको अन्तिम साता आएर सरकारले न्यून मूल्य निर्धारण गरिदियो, […]

उखुको मूल्य निर्धारण : उद्योगीकै पल्ला भारी, किसानलाई मार !

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै उखु काट्न र चिनी मिललाई बेच्नु थाल्छन् ।तर, सरकारले त्यसको डेढ महिनापछि बल्ल हिजो (बुधबार) मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षभरका लागि उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ (अनुदानसहित) तोकेको छ । जसमा उद्योगीको प्रष्ट जित झल्किन्छ । उखु किसानले यस वर्षलाई उखुको मूल्

मल किन्न भारतसँग सम्झौता गरिने, उखुको मूल्य निर्धारण

काठमाडौं (अस) । भारतबाट जीटुजीमार्फत मल खरीद गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरीदका लागि सम्झौता गर्ने निर्णय गरेको हो । मल खरीदका लागि भारत सरकारसँग पाँच वर्षको सम्झौता गर्नेगरी निर्णय भएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरीद हुनेछ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महीन्द्रराय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । अन्तरराष्ट्रिय बजारमा मलको अत्यधिक मूल्यवृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ । मूल्यवृद्धिका कारण ठेकेदार कम्पनीहरूले मल ल्याउन नसकेकोले नेपालमा मलको हाहाकार हुने गरेको छ । यस्तै सरकारले उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री यादवका अनुसार मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश गरेको थियो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।  उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।  किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण...

मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण : प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल

उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]

मन्त्री नहुँदा उखुको मूल्य निर्धारण भएन

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादव गृह जिल्लासहित तराई निस्किँदा मंगलबार उखुको न्यूनतम समर्थन मूल्य सिफारिस हुन सकेन । उखु काट्न एक महिना ढिलाइ भइसक्दासमेत कृषि मन्त्रालयले मूल्य निर्धारण नगरिदिँदा...