उखुको मूल्य बढ्ने, नयाँ बिक्रीदरको घोषणा यसै साता

२२ मंसिर, काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए । यो वर्ष उखुको मूल्य […]

सम्बन्धित सामग्री

उखुको मूल्य पुनः निर्धारण नगरे संघर्षमा उत्रने किसानहरुको चेतावनी

सरकारले किसान प्रतिनिधिहरुको संलग्नता विनै उखुको मूल्य निर्धारण गरेको भन्दै किसानहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।...

उखुको मूल्य घटाउने दाउमा उद्योगी, उपलब्ध नगराउने रणनीतिमा किसान

उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन।...

उखुको मूल्य ७०५ रुपैयाँ कायम गर्न माग

यस सिजनको लागि उखुको मूल्य ७ सय ५ रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ।  आइतबार ज्ञापनपत्र सार्वजनिक गर्दै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकारवाला निकायसँग उखुको...

उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग

सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य […]

उखुको मूल्य निर्धारण र किसानको पीडा

हरेक वर्ष किसानले उद्योगीसँग उखुको मूल्य माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्थाले उखु किसानलाई यस क्षेत्रबाट पलायन गरिरहेको छ । तराईमा उखु व्यवसाय गर्ने किसानहरू आफैंले उत्पादन गरेको उखुको मूल्य नपाएर पीडित बन्नुपरेको छ । वर्षैपिच्छे सरकारले मूल्य तोकिदिनुपर्ने स्थिति सिर्जना भइरहेको छ । यो वर्ष पनि पुसको अन्तिम साता आएर सरकारले न्यून मूल्य निर्धारण गरिदियो, […]

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ […]

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।  उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।  किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण...

मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण : प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल

उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]

उखुको मूल्य निर्धारणमा सचेत बनौं

नेपालमा उखु खेतीलाई प्रोत्साहन गर्दा चिनी आयात प्रतिस्थापन मात्र होइन, यसले कृषिमा आधारित स्थानीय रोजगारी पनि सिर्जना गर्न मद्दत गर्छ । सरकारले हरेक वर्ष उखुको क्रसिङ सिजन नजिकिँदै गर्दा उखुको मूल्य तोक्ने गर्छ । वास्तवमा बजारमा उखुको मूल्यमात्र नभएर कुनै पनि वस्तु तथा सेवाको मूल्य सरकारले तोक्ने होइन । कुनै पनि वस्तु तथा सेवाको गुणस्तर […]