धनगढी : सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास गराएको हो।प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता बढाउने उद्देश्यले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमुना युवा संसद् अभ्यासमा सामेल युवाहरूले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। यस्तै उनीहरूले नमुना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमा समेत जानकारी लिएको बताएक