कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा संसदीय व्यवस्था र अभ्यासको उल्लंघन गरिएको छ । बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतविभाजन भइसकेपछि सांसदहरूलाई मत सच्याउनका लागि समय दिएको बेलामा आफैँले विश्वासको मतदान गरेका छन् ।