सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार दिउँसो १ः३० बजेदेखि कफ्र्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा सुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए ।