मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् । स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार दिनभर लेटाङ बजार तनावग्रस्त भएको थियो । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यस्तै