काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन