चितवन एमालेको आरोप : भरतपुर महानगरमा आर्थिक चलखेल भयो

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव