काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'घनचक्कर' सहित बलिउड फिल्म 'जुगजुग जियो' र हलिउड फिल्म 'एल्भिस'ले एकसाथ प्रदर्शन थालेका हुन्। राज मेहताको निर्देशनमा बनेको फिल्म 'जुगजुग जियो'ले मल्टिप्लेक्समा सबैभन्दा धेरै २५ देखि ५० प्रतिशतसम्म शो पाएको छ। फेमिली कमेडी ड्रामा जनरामा बनेको फिल्ममा अनिल कपूर, वरुण धवन, किएरा अडवानी, नीतु कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यतिवेला हलमा प्रदर्शनरत फिल्म मध्येमा दर