पश्चिम–नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

पाल्हीनन्दन (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् ।  जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले...

सम्बन्धित सामग्री

भण्डारी दम्पतीको आम्दानीको प्रमुख श्रोत गड्यौलापालन , ४ जनालाई रोजगारी

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् । जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताउनुभयो । उहाँले भारतको […]

पश्चिम–नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

पाल्हीनन्दन (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् ।  जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले...

नवलपरासीमा थालियो गड्यौलाबाट व्यावसायिक प्राङ्गारिक मल उत्पादन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ ।

फोहरबाट ऊर्जा र जैविक मल उत्पादन

कर्णाली, १५ माघ । वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ । वातावरणीय सरसफाइ र स्वच्छतासँग सम्बन्धित कर्णालीको पहिलो र एक मात्र उद्योगको रुपमा केपी व्यावसायिक प्रालिले सो प्लान्ट स्थापना गरेको हो । वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिरा निवासी कृष्णप्रसाद ढकालले […]

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ६ मङ्सिर । लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त […]

धनगढीमा फोहरबाट मल र ग्यास उत्पादन गरिँदै

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।  उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न शुरु गरेको हो ।  प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन शुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए । उनले भने, ‘उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौं, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौं ।’  प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन गर्न थालिएको हो ।  प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक एक सय सिलिण्डर ग्यास, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने बताइएको छ । पर्यावरणीय प्रदूषण लगभग शून्य हुने यो ग्यासले बढ्दै गएको कार्बन उत्सर्जनको समस्यालाई घटाउन भूमिका खेल्ने बताइएको छ ।  पाइपलाइनको प्रयोग गरेर दैनिक सात÷आठ सय घरपरिवारमा यो ग्यासबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्यास भरेर औद्योगिक प्रयोगमा ल्याउन पनि सकिने बताइएको छ । खाना पकाउन प्रयोग भइरहेको एलपी ग्यासको मूल्यको तुलनामा यो ग्यासको मूल्य सुपथ रहने बताइएको छ । बायो सिएनजीको प्रतिसिलिण्डरको रु एक हजार दुई सय ५० मात्रै मूल्य पर्ने बताइएको छ । प्रतिसिलिण्डर एलपी ग्यासको मूल्य योभन्दा बढी छ । फोहरमैला प्रशोधन केन्द्रमा सञ्चालनमा ल्याइएको बायोग्यास प्लान्टलाई उपमहानगरपालिका कार्यालयले फोहर उपलब्ध गराउने गरेको छ ।  प्रशोधन केन्द्रले यो ग्यासलाई पेट्रोलबाट चल्ने टेम्पुलगायतका गाडीमा प्रयोग गर्न मिल्ने कम्प्रेसन नेचुरल ग्यास (सिएमजी) बनाउनका लागि आवश्यक तयारी पनि गरिरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देवतालिम केन्द्रको संयुक्त पहलमा फोहरको व्यवस्थापन भइरहेको हो । उपहानगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गासमेत उपलब्ध गराएको छ ।  देव तालिम केन्द्रले २० वर्षका लागि फोहरको व्यवस्थापन गर्न ठेक्का पाएको छ । ‘बायोग्यास प्लान्टलाई दैनिक १२ देखि १५ टन फोहर उपलब्ध गराउने गरिएको छ,’ उपमहानगरपालिका वातावरण शाखाका प्रमुख अशोक अवस्थीले भने, ‘नकुहिने फोहरको हकमा त्यसको प्रकृतिअनुसार छुट्याइसकेपछि सुक्ष्म वर्गीकरण केन्द्रमा मेसिनमा पेलेर डल्लो बनाएर राखिन्छ ।’ यो काममा स्थानीय १० महिला र दुई पुरुषले रोजगारी पाएका छन् ।  तालिम केन्द्रका पन्तले भने, ‘प्रदेश सरकारले वैकल्पिक ऊर्जाबाट सवारीसाधन सञ्चालनका लागि नियमावलीसमेत बनाइसकेकाले यो ग्यासको व्यावसायिक उत्पादनमा सहजता आउनेछ ।’ उपमहानगर क्षेत्रमा दैनिक १२ देखि १५ टन फोहर जम्मा हुने गरेको जनाइएको छ ।  उपमहानगरपालिकाका फोहरमैला परामर्शदाता कृष्ण भण्डारीले फोहरमैलाका वस्तुलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरिएको बताए । धनगढी उपमहानगरपालिका–७ पटेला गाउँमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिसाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माणसम्बन्धी अर्को ठूलो योजना पनि कार्यान्वयनको चरणमा छ ।  सरकारको प्राथमिकता प्राप्त यो आयोजना निर्माणका लागि १० महीनाअघि नै ठेक्का लागिसकेको छ । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा यो आयोजना निर्माण हुन लागेको हो । यसका लागि वन क्षेत्रको २२ हेक्टर जग्गा छुट्याइएको छ । उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले आयोजना निर्माणका लागि ठेक्का लागेर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले काम छिट्टै शुरु गर्न लागिएको बताए । उनले भने, ‘दाताबाट आउने सहयोगलाई गुम्न नदिन तोकिएको समयमै आयोजनाको ठेक्का लगाउनु परेको हो, आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी आदेशलगायतका कामको प्रक्रिया पूरा गर्न लागेको समयका कारण केही ढिला भए पनि अब छिट्टै काम शुरु हुन लागेको छ ।’ यो योजनाको रु एक अर्ब २४ करोड लागत अनुमान रहेको जनाइएको छ । रासस

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेसँगै दैनिक १५० ऋणी कालोसूचीमा दर्ता भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र साढे २ खर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने तयारी तयारी गरेको छ। भारतीय प्रतिबन्धलाई देखाएर बजारमा चामल व्यापारीले चामलको मूल्य एकहप्तामै प्रतिबोरा ३०० रुपैयाँ वृद्धि गरेका छन्। भोजपुरका किसान व्यावसायिक गड्यौला मल उत्पादन गरिरहेका छन्।

रासायनिक मलको विकल्पमा गँड्यौला मल

यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको

फोहोर व्यवस्थापनमा सफलता (सम्पादकीय )

मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनमा नमूना सफलता प्राप्त गरेको छ । घरबाट निस्कने फोहोरबाट जापानी प्रविधि प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले सफलता प्राप्त गरेको छ । दुई वर्षअघि फोहोर व्यवस्थापन गर्दै जापानी कम्पोष्ट प्रविधिबाट विना रसायन प्राङ्गारिक मलको सफल उत्पादन गरिएको हो । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रूपियाँमा धमाधम बिक्री भइरहेको छ । उक्त मल कृषकमाझ लोकप्रिय बन्दै गएको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । मल दूषितरहित भएको प्रमाणित भएकाले राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि प्रयोग गरिएको छ । नगरपालिको वडा नं. ४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ ।