यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको