घरमै बनाए जस्तो स्वाद भएन भने अचार व्यवसाय सफल हुँदैन, मेरो व्यवसाय रेगुलर ग्राहकले नै चलेको छ

काठमाडौं । व्यापार व्यवसाय गर्ने मन कसलाई हुदैंन र ? तर मन मात्रै भएर पनि व्यवसाय गर्न सकिदैन । धेरैले त हातमा सीप र राम्रा योजना हुँदा हुँदैपनि लगानी गर्न नसकेर व्यवसाय शुरू गर्न सक्दैनन् ।  धेरै लगानी गरेर शुरू गरिएका सबै व्यवसाय सफल हुन्छन् भन्ने पनि छैन । सानै लगानीबाट पनि राम्रो फाईदा लिन सकिन्छ भन्ने उदाहरण बनेकी छिन् भक्तपुरकी मैया खत्री ।  अचार भन्ने बित्तिकै पिरो, अमिलो र मिठो स्वाद भएको वस्तुको चित्र आउँछ । जसको नाम सुन्ने बित्तिकै धेरैको मुख रसाउँछ पनि ।  नेपाली समाजमा हरेक सभा, सम्मेलन, भोज, विवाह आदीमा अचारको ठूलो महत्व हुन्छ । यहाँ हरेक घर-घरमा विभिन्न प्रकारको अचार देख्न र खान पाईन्छ । अचारको परिकार सँगै स्वाद पनि भिन्न भिन्नै हुने गर्छन् ।  व्यस्त जीवनशैलीका कारण मन हुँदाहुँदै पनि अचार बनाउन सकिदैंन । किनेर ल्याएको अचार खाँदा घरमै बनाएको जस्तो स्वाद हुँदैन ।  घरमै बनाएको अचारको स्वाद दिने उदेश्य सहित मैया खत्रिले ८ वर्ष अघि अचार व्यवसायमा हात हालेकी थिइन् । खत्रीले काठमाडौंको असनमा २० प्रकारका तरकारी तथा फलफूलको अचारहरू बेच्दै आएकी छिन् ।  उनको पसलमा अहिले २० थरी भन्दा धेरै प्रकारका अचार छन् । आँप, मूला, खुर्सानी, लप्सी, अमला, मेथी, गोलभेडा, काक्रो, गुन्द्रुक, भट्मास, अकबरे खुर्सानी लगायतका अचारहरू बेच्दै आएको खत्रीले बताइन् ।  उनले माछा, मासुको पनि अचार बनाएर बेच्दै आएकी छन् । माछा, चिकेन, बफ लगायतका ननभेज परिकारको अचार पनि बनाउँदै आएको खत्रीले बताइन् । ‘यहाँको स्पेशल अचार चाहीं अकबरे खुर्सानीको अचार हो, धेरैले त अकबरे अचार भनेरै चिन्ने गर्छन् ।’ उनले भनिन् । अचारका साथै उनले त्यहाँ सुकेको अकबरे खुर्सानी पनि बेच्ने गरेको बताईन् ।  बिहान ११ बजेदेखि अचार बेच्न उनी असनको चोकमा बस्छन् । सबै दिन एकनासले ग्राहक आउदैँन् । कुनै दिन भक्तपुरबाट ल्याएका अचारका डिब्बा फिर्ता पनि लैजानुपरेको उनको अनुभव छ । उनले बेच्ने सबै अचार आफैले आफ्नै घरमा बनाउँछन् । घरमा उनलाई सहयोग गर्ने परिवारका सदस्यका साथै ४ जना कामदार पनि छन् । उनले अचारमा प्रयोग गर्ने सामानहरू भने कालिमाटी बजारबाट लैजाने गरेको बताइन् । खत्री भन्छिन् ‘मैले यहाँ अचार बच्दै आको ८ वर्ष भयो । यहाँको अचार खाएर फेरी फेरी फर्केर आउने ग्राहकहरू धेरै छन् । अहिले त आत्राभन्दा बढी ग्राहकहरू दैनिक जस्तै आउँछन् । कहिलेकाहीँ उनीहरुले अर्डर पनि दिन्छन् । अर्डर अनुसार पनि अचार बनाउने गरेको छु ।’ ‘सडकको छेउमा पसल राख्ने भएकाले कहिले माहनगरले लैजान्छ । कहिले पानिले भिजाउँछ ।’ उनले दुखका कुरा सुनाइन् । उनले बनाएको अचार अहिले काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा जाने गरेको छ ।  उनी भन्छन् ‘एकपटक खाएर खोज्दै आउने ग्राहक छन्, त्यो देख्दा खुसी लाग्छ । यहाँ बाट अचार किनेर आफन्त लाई विदेश पनि पठाइदिने गरेका छन् ।’ खत्रीले अहिले १० देखि १५ किलोसम्म अचार दैनिक बेच्ने गरेको बताइन् ।  उनले साना, मध्यम र ठूला खालको बट्टामा विभिन्न प्रकारका अचार बेच्न राखेकी छिन् ।  बट्टाको साइज र अचारको परिकार अनुसार उनको पसलमा अहिले भेज अचारको १५० देखि १००० रुपैयाँसम्म र ननभेज अचारको ३५० देखी २००० रुपैयाँसम्म पर्ने अचार छन् । उनले यो व्यवसायमा लाग्नु अघि खुर्सानी बेच्ने गरेको बताइन् ।  ‘खुर्सानी बेच्दै गर्दा अचार बनाएर बेच्ने रहर आयो । त्यसपछि आफैले घरमा फुर्सदको समयमा अचार बनाउने गरेको थिए । छरछिमेक हुँदै बिस्तारै अचार किन्नेको संख्या बढ्न थाल्यो । त्यसपछि यसैमा राम्रो आम्दानी भएपछी व्यवस्थित तरिकाले नै बनाउन थाले ।’ खत्रीले भनिन्।  ग्राहक बढी आएको दिन १० देखि १५ हजार रुपैयाँसम्म व्यापार हुने उनले बताइन् । ‘सधैं त त्यतिको व्यापार हुँदैन कहिले ग्राहक थोरै पनि आउँछन् ।’ उनले भनिन् । पछिल्लो समय कोरोना महामारीका कारण व्यवसायमा केही असर परेको खत्रीले बताइन् । 'अहिले पहिलाको जस्तो ग्राहक आउँदैनन्,  त्यसकारणले बिहान ल्याएको अचार बेलुका फर्काउन पर्ने समस्या झेल्नु परेको छ ।' उनले भनिन् । आउने दिनमा थुप्रै किसिमका अचार बनाउने योजना बनाएकी मैयाले यसलाई ब्रान्डको रुपमा विकास गरेर राष्ट्रिय स्तरमा पुर्या उने योजना बनाएकी छिन् ।

सम्बन्धित सामग्री

थारू संस्कार र परिकारको स्वाद चखाउँदै बहेड्वा होमस्टे

थारू समुदाय मूलत: धानमा आश्रित रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण यहाँ आउने पाहुनाहरूलाई सुरुमा उसिना चामलको बनेको भूजा, चामलकै पीठोबाट बनेको तेलपौर रोटी, बगिया र थारू फूड घोङ्ही, ओलको अचार खाजाको रुपमा दिएर स्वागत गर्छन् ।

घिउ पनि मनलाग्दी ढंगले खानुहुँदैन : पोषणविद्

काठमाडौं । मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ खानका लागि धेरै पहिलेदेखि नै जोड दिइएको पाइन्छ । तर पछिल्लो समय यसमा हुने बोसोले स्वास्थ्यलाई असर गर्ने भन्दै घिउलाई कम गर्ने वा चटक्कै खान छाड्ने […]

भोक मीठो कि भोजन ?

अहिले हाम्रो थालीमा अनेकथरी व्यञ्जन छन् । दाल, तरकारी, अचार, माछामासु, दही, दुध, घिउ, सागसब्जी, सलाद, मीठाई । यद्यपि भोक नै नभएपछि हाम्रो जिब्रोले यी व्यञ्जनको स्वाद कसरी पाउने ? किनभने हामीलाई खान हतार छ । घडीको काँटा हेरेर गाँस टिप्नुपरेको छ । आफ्नो कामधन्दामा लाग्नुपर्ने हतारोले गर्दा हामीलाई खान फुर्सद नै छैन । भोक […]

‘हाम्रो अचार पनि अन्तर्राष्ट्रियस्तरको ब्राण्ड बन्नसक्छ’

पछिल्लो समय काठमाडौँ उपत्यकामा नयाँ नयाँ स्वाद पाइने अचार बजारमा छन् । अचारको उत्पादन र वितरण चुनौतीपूर्ण भए पनि बजार भने बढ्दो छ । बजारमा उत्पादन गरिएको भन्दा घरमै उत्पादन गरिएको अर्गानिक अचारमा उपभोक्ताको मन गढेको छ । जसले गर्दा घरमै सानै लगानीमा उत्पादन भइरहेको अचार विस्तारै ब्राण्डेड भइरहेको छ । यस्तै अचार उत्पादनमा असली […]

किराती परिकार किनामा, हरेक भान्साको स्वाद फेर्दै

३० कात्तिक, काठमाडौं । विशेषगरी पूर्वका किराती समुदायमा लोकप्रिय परिकार हो, किनामा । किनामा तरकारी अथवा अचार बनाएर खाइन्छ । भट्मास प्राकृतिक पोषणको हिसाबले सबैभन्दा लाभकर मानिन्छ । भट्मासलाई पकाएर गुम्साएर किनामा बनाइन्छ । किनामामा प्रचूर मात्रामा प्रोटिन, खनिज, भिटामिन र बायो एक्टिभ पाइन्छ । किनामा विशेषगरी जाडो महिनामा झोल तरकारीको रुपमा खाने गरिन्छ । […]

कति स्वादिलो गिठ्ठाको अचार ?

नेपालमा गिठ्ठा र भ्याकुर भन्ने बित्तिकै चेपाङ जस्ता जनजातिको खानाको रुपमा चिन्ने गरिन्छ । अझभन्दा यो खाद्य संकट र भोकमरीको बेलामा खाने परिकारको रुपमा चिनिन्छ । तर विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले गिठ्ठाबाट बनेका परिकारहरु स्वाद र पोषणका कारण धेरै देशले व्यवस्थित परिकारको रुपमा प्रयोग गर्ने गरेका छन् । दक्षिण कोरियाको एउटा उत्कृष्ट खाद्य परिकार हो, एरियल […]

हाम्रो मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ ?

हाम्रो मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ भन्ने शहरवासीलाई धेरै उत्सुकता हुने रहेछ । सधैं व्यस्त रहने शहरबासीका लागि यस्ता मौलिक परिकारले लोभ्याउँछ तर बनाउने समय मिल्दैन ।  एक दिन छुट्टीमा के मात्र गर्ने भनेर अधिकांश परिकार बाहिरै बनेको चाख्ने बानी परिसकेको छ तर व्यावसायिक रूपमा बनेको कुनै पनि परिकारमा गाउँघरको जस्तो स्वाद हुँदैन । जति कम सामग्री प्रयोग गरेर परिकार बनायो, त्यति नै स्वादिष्ट हुने परिकारविद्हरूको सूत्र छ । किनकि हरेक खानाको आफ्नै स्वाद, पहिचान र महत्त्व हुन्छ । त्यसमा नानाथरि मिसाएर त्यस...

अचार सम्बन्ध र स्वाद

दशैँ नजिकिँदै गर्दा घरघरमा मीठा पकवानको तयारी चल्दै छ । माछा, मासु र अन्य परिकारको जति लहर बढे पनि त्यहाँ अचार नहुने हो भने खानाको सुगन्ध नै हराएझैँ हुन्छ ।

अचार खानु कति हानिकार ?

चटनी, अर्थात अचार । खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । हामीकहाँ खानामा अचार हुन्छ । गोलभेडा, धनियाँ, नुन-खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । तिख्खर बनाउँछ । ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको …

अचार कुहिनबाट यसरी जोगाउनुस्

काठमाडौं, ३ साउन — हामी नेपालीहरूलाई दाल, भात र तरकारीले मात्र पुग्दैन । अचार त हुनैपर्छ । हुन पनि अचारले भोजनको स्वाद दुई गुणा बढाइदिन्छ । अचार एकचोटि