काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश पारित भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न बैंकको १८औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । […]
ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसले आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कात्तिक १९ गते बिहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र करसमेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा […]
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा […]
मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ ।
बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।
काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने […]
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । आव २०७५/७६ माआफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने …