काठमाण्डाै – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदाे चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै नेता रावलले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताउनुभयो । यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने उहाँकाे भनाइ छ...