व्यावसायिक तरकारी खेतीमा आकर्षण बढाउन किसानलाई अनुदान उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको क्षेत्रफलमा आधारित तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका किसानलाई अनुदानस्वरूप रकम उपलब्ध गराइएको हो ।