राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् ।