हाल बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरुमा छलफल भएको छ । विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरूको आदानप्रदान गरिएको नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत