काठमाण्डाै - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ ।
केही दिनदेखि कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज गरिएको पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।
उहाँ अहिले बालुवाटारमा रहेको सरकारी निवासमा आइसोलेशनमा हुनुहुन्छ ।