भारतले १० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने

काठमाडौं। भारतले ८-१० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज जनाएका छन्। कोरोनाभाइरस सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि सरकारले कूटनीतिक च्यानलमार्फत् भारतसँग लिक्वीड अक्सिजन मागेको थियो। राजदूत क्वात्राले आज एक कार्यक्रममा बोल्दै ट्याङ्करमार्फत् लिक्वीड अक्सिजन भारतले पठाउने बताएका हुन्। भारतले नेपाललाई २३ लाख कोरोना खोप दिइसकेको उनले बताए।

सम्बन्धित सामग्री

प्रदेश सरकारले डोल्पामा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै

डोल्पा। कोरोना संक्रमणलाई नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारले डोल्पा जिल्लामा १४६ वटा अक्सिजन सिलिन्डर पठाउने भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी गराए। उनका अनुसार सरकारले बिहीबार ७२ वटा अक्सिजन सिलिन्डर पठाएको थियो। अरु बाँकी सिलिन्डर आज पठाउने उनले बताए।

एनआरएनएले चीनबाट पाँचसय अक्सिजन कन्सन्ट्रेटर पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा रहेका कोरोना संक्रमितको उपचारमा सघाउन पाँचसय वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ। ‘चीनबाट५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्‍याउने पहल भइरहेको छ’, संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत संघले यसअघि ओमानबाट५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने५६० रेगुलेटर चीनबाट ल्याएर हस्तान्तरण गरिसकेको छ।

बेलायतबाट एनआरएनले १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन सुरु गरेका छन्।हिजो भएको भर्चुअल बैठकमा बेलायतमा रहेका विभिन्न सघंसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन्।उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन किनेर नेपाल पठाउने घोषणा गरिएको छ।पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिनको प्रतिबद्धता आएको छ।

एनआरएनएले चीनबाट १७० अक्सिजन कन्सन्ट्रेटर पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चीनबाट १७० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पठाउने जनाएको छ। केहीदिनमै ती कन्सन्ट्रेटर नेपाल पुग्ने एनआरएनएले बताएको छ। यसको लागि १ करोड ३७ लाख खर्च लाग्ने एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेछ छ। चीनबाट पठाइने कन्सन्ट्रेटरमध्ये एनसीसी चाइनाले ७० वटा सहयोग उपलब्ध गराउनेछ। ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय भइरहेको एनआरएनले जनाएको छ।

खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने

काठमाडौँ, वैशाख ३० गते । खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो । ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ । साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरह...

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छसंघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपालमा कोभिड–१९ विरुद्ध लड्नका […]

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

साउदीले भारतलाई ८० टन लिक्विड अक्सिजन पठाउने

एजेन्सी। कोरोना संक्रमणका कारण संकटपूर्ण अवस्थाको सामना गरिरहेको भारतलाई साउदीले ८० टन लिक्विड अक्सिजन पठाउने भएको छ। भारतीय दूतावासले ट्विट गर्दै अडानी समूह र लिण्डे कम्पनी मिलेर अक्सिजन भारत पठाउन लागेको जानकारी दिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्टका कारण लाखौं संक्रमित भइसकेका छन् भने उपचारका लागि अक्सिजनको चौतर्फी अभावको सामना गरिरहेको छ। भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख नाघिसकेको छ।