साउदीले भारतलाई ८० टन लिक्विड अक्सिजन पठाउने

एजेन्सी। कोरोना संक्रमणका कारण संकटपूर्ण अवस्थाको सामना गरिरहेको भारतलाई साउदीले ८० टन लिक्विड अक्सिजन पठाउने भएको छ। भारतीय दूतावासले ट्विट गर्दै अडानी समूह र लिण्डे कम्पनी मिलेर अक्सिजन भारत पठाउन लागेको जानकारी दिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्टका कारण लाखौं संक्रमित भइसकेका छन् भने उपचारका लागि अक्सिजनको चौतर्फी अभावको सामना गरिरहेको छ। भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख नाघिसकेको छ।

सम्बन्धित सामग्री

रुसले भारतलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

रुसले भारतलाई अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको छ। भारतमा बढ्दो कोभिड १९ को सङ्क्रमणको समयमा रुसले अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको हो। रुसले प्रत्येक साता तीनदेखि चार लाखसम्म रेम्डेसिभिर औषधी पठाउन सक्ने र अक्सिजन पानीजहाज मार्फत पठाउने बताएको इकोनमिक टाइम्सले लेखेको छ।

कोरोना महामारीको सामना गर्न भारतलाई चीनले दियो अक्सिजन

काठमाडौं। कोरोना संकटको सामना गरिरहेको भारतलाई विभिन्न देशले स्वास्थ्य सामग्री सहयोग गर्न क्रम जारी छ। यसै क्रममा श्रीलंकास्थित चिनियाँ दूतावासले यो कठिन अवस्थामा चीन भारतको साथमा रहेको भन्दै ८ सय अक्सिजन कन्सेन्ट्रेटर हङकङबाट भारत पठाएको जनाएको छ । दूतावासले एक सातामा थप १० हजार अक्सिजन कन्सेन्ट्रेटर पठाउने पनि जानकारी दिएको छ।