प्रदेश सरकारले डोल्पामा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै

डोल्पा। कोरोना संक्रमणलाई नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारले डोल्पा जिल्लामा १४६ वटा अक्सिजन सिलिन्डर पठाउने भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी गराए। उनका अनुसार सरकारले बिहीबार ७२ वटा अक्सिजन सिलिन्डर पठाएको थियो। अरु बाँकी सिलिन्डर आज पठाउने उनले बताए।