एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

सम्बन्धित सामग्री

नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या

नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउँदा सेवा प्रवाहमा समस्या आएको बताएको छ । देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको टेलिकमले जानकारी दिएको हो ।  उपकरण र संरचनामा क्षति पुर्‍याउने गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने...

भारतीय दूतावासले नेपाल सरकारलाई दियो मिर्गौला डायलासिस उपकरण

भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताउनुभयो । उहाँले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने […]

अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानद्वारा वीर अस्पताललाई उपकरण सहयोग

अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले वीर अस्पताललाई सिमुलेशन ल्याबको लागी उपकरण सहयोग गरेको छ।

नेपाल भित्रियो युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’

युरोपको घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।...

औषधि लिमिटेडले सञ्चालनमा ल्यायो हेमोडाइलाइसिस उपकरण

नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रममा तीन वटै सेवाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन् ।उनले नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मन्त्री बडूले मृतप्रायः अवस्थामा र

अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण हस्तान्तरण

काठमाडौँ – अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण तीन वटै सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ। […]

नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सवमा चिकित्सा उपकरण हस्तान्तरण

काठमाडौं, २३ असार । नेपाल एसबिआई बैंकले चिकित्सा उपकरण हस्तान्तरण गररे २८औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको हो वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका […]

कोरियाद्वारा नेपाललाई स्वास्थ्य उपकरण सहयोग

कोभिड-१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन्।

चौबीस घण्टामा साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं।अर्थ मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको जनाएको छ।अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ५८ लाख ५२ हजार ३५९ थान बिभिन्न मेडिकल उपकरण, ११ हजार ४६५ एमटिक्यू अक्सिजन तथा औषधि,३ हजार २३४ केजी स्यानिटाइजर, ८६९ केजी कोभिड टेस्ट किट र २० भायल्स रेम्डिसिभर बिभिन्न नाकाबाट नेपाल भित्रिएको छ।

चौबिस घण्टामा करिब साढे ८६ लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका बिभिन्न नाकाबाट करिव साढे ८६ लाख थान मेडिकल उपकरण नेपाल भित्रिएका छन्। अधिकांस उपकरणहरु कोरोना नियन्त्रणसँग सम्बन्धित रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ८६ लाख ४५ हजार १०७ थान मेडिकल उपकरण, १० हजार ७११ एमटीक्यू अक्सिजन र कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजरलगायतका ओषधिहरु नेपाल भित्रिएको छ।