श्रीलङ्कामा औषधि अभाव, छिमेकी र सहयोगी देशसँग सहयाेग माग्न आग्रह

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रीलङ्काका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ । दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव छ । मूल्यवृद्धि अत्याधिक भएको छ । अभाव र मूल्य वृद्धिको विरोधमा नागरिकले आन्दो...

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ । स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरेको छ । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो ।

श्रीलंकामा अत्यावश्यक औषधिको अभाव

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक औषधि अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले […] The post श्रीलंकामा अत्यावश्यक औषधिको अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

आत्तिनुपर्दैन ! ६ महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरे पनि नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले जनाएको छ । केही दिनअघि औषधि निर्यातमा रोक लगाउने निर्णय गरेकामा नेपालको हकमा भने भारतले तत्काललाई त्यस्तो कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ । औषधि उत्पादकले पनि औषधिका लागि …