बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । जिल्लाका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ । तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको बताइएको छ ।       अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताइन् । उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरे । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको बताइएको छ । रासस

सम्बन्धित सामग्री

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ।

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार  र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।