खरिद नियमावलीका कारण विकास निर्माणका काममा बाधा : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावली बाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री यादवले खरिद नियमावलीका कारण सहज रुपमा काम गर्न नसकिएको बताइन् । उनले खरिद ऐन कै कारण विकास निर्माणको काम नहुँदा खरिद नियमावली संशोधनको तयारीमा सरकार रहेको जानकारी दिइन् ।खरिद नियमावलीको कारण सडक निर्माण टेण्डर प्रक्रियामै समस्या भएको उनको भनाइ थियो । पछिल्लो समय सडक निर्माण तथा प

सम्बन्धित सामग्री

पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव

बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् । कलैया वडा नम्बर ४ स्थित जिल्ला समन्वय समितिको परिसर […] The post पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा प्राणी उद्यान चिडियाखानाले समृद्धि ल्याउँछ : मन्त्री यादव

काठमाडौँ,६ असोज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताएका छन् । वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज शिलान्यास गर्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीयस्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले यहाँ समृद्धि र […]

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

काठमाडौँ,८ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए । महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले […]

मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन : मन्त्री यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा […]

किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’ किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए […]

नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकिकरण आजको आवश्यकता विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभयो । […]

इन्जिनियरको अभावले विकास निर्माणको कामले तिब्रता पाएन : मन्त्री यादव

काठमाडौं, पुष १९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले इन्जिनियरहरुको अभावको कारण मन्त्रालयले विकास निर्माणको काममा तिव्रता दिन नसकेको बताउनु भएको छ । प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको बैंठकमा मन्त्री यादवले ८० प्रतिशतभन्दा धेरै इन्जिनियर पढाइका लागि बिदामा रहेको जानकारी दिनुभयो । कर्मचारी अभावले योजनाहरु अघि बढ्न नसक्दा पूँजीगत खर्चमा पनि कमी आएको […]

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् । सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् । उनले य...

जनताले अनुभूत गर्नेगरी विकास गर्छु : मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताएकी छिन् । मन्त्रालयमा सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताइन् । सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको उनले बताइन् । काठमाडौं उपत्यकामा १५–१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको छ । ‘१५ दिन वा एक महिनामा एक किलोमिटर सडक बने पनि त्यो जानकारी गराउनुपर्छ,’ उनले भनिन् । कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताइन् । सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उनको भनाइ छ । चालक अनुमतिपत्र वितरण र राजस्व संकलन प्रदेशले गरे पनि छपाइको काम संघले गर्नुपर्ने मन्त्री यादवले बताइन् । अनुमतिपत्र आधिकारिक कागजात भएकाले पनि यसमा एकरूपता चाहिने उनको भनाइ छ । सार्वजनिक सवारीसाधनमा रकमको साटो कार्डको व्यवस्था गरिनुपर्नेमा उनको जोड छ । कुर्था–जयनगर खण्डमा रेल सञ्चालनको सबै तयारी भइसकेकाले छिट्टै गरिने र काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालन गरिने उनले बताइन् । पूर्व–पश्चिम राजमार्ग जस्तै ठाउँठाउँमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्दै जाने उनले बताए । रासस

राजनीतिले कृषिलाई बिगार्यो : मन्त्री यादव

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राजनीतिले कृषिलाई बिगारेको बताएका छन् । ४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पार्टीपिच्छै किसानका संगठनहरु रहेकाे बताउँदै त्यसले किसानलाई विभाजित गरेको तर्क गरे । ‘हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ मनाइएको दिवसमा उनले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्न