काठमाडौं (अस) । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा ग्राहकलाई क्यास ब्याक दिने अफर ल्याएको छ । ग्राहकले नक्साल तरकारी बजारमा बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबार २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् ।
क्यास ब्याकबापतको रकम आगामी महिनाको पहिलो साता ग्राहकको खातामा जम्मा गरिने बैंकले बताएको छ । ग्राहकले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई–बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।