काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।
गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी प्याक खरिदमा क्यास ब्याकको फाइदा लिन सक्छन् ।
७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउनेछन् । ग्राहकले करसहित २६९ मा ७ दिने समयसीमाको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।
लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनसम्म दैनिक १ जीबी डेटा प्याक करसहित ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक चलाउने ग्राहकले ६० बोनस क्यास ब्याक पाउँछन् । योजनाअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिनेछ ।