काठमाण्डाै – टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ ।
केयर प्लस मर्मत योजनाले सवारी साधान चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ । टाटा मोटर्सले अहिले नेपाली बजारमा नौ वटा मोडल बिक्री गरिरहेको छ ।
यद्यपि केयर प्लस अहिले टाटा नेक्सन (पेट्रोल) मा मात्र उपलब्ध रहेकाे र पछि अन्य मोडलमा पनि यसको सेवा विस्तार गर्ने कम्पनीकाे योजना छ ।
ग्राहकले गाडी बिक्री भएको मितिदेखि तीन सय ६५ दिनभित्र वा १५,पाँच सय किलोमिटर...