एजेन्सी। सीरम इन्स्टिट्यूट अफ इन्डियाले भारत सरकार समक्ष आफूलाई पनि कानूनी सुरक्षा दिन माग गरेको छ। भारत सरकारले खोप उत्पादन गर्ने विदेशी कम्पनीलाई कानुनी सुरक्षा दिने निर्णय गरेपछि सीरमले यस्तो माग राखेको हो। कम्पनीका सीईओ अदर पुनावालाले सीरमलाई पनि सरकारले सुरक्षा दिनुपर्ने बताएका हुन्।