विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन भएको छ। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमविरुद्ध सडक प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष रमेश पौडेलले शान्तिपूर्ण रूपमा निर्वाचनको पक्षमा माहोल बनाउन सडक प्रदर्शन गरिएको बताए। त्रिपुरेश्वरस्थित रंगशालाबाट शुरू भएको र्‍यालीमा सहभागी प्रदर्शनकारीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।

सम्बन्धित सामग्री

विपक्षी गठबन्धन विरुद्ध नेपाल खेलकुद महासंघ (ओली समूह)को प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । विपक्षी गठबन्धनको विरुद्धमा नेपाल खेलकुद महासंघ (ओली समूह)ले प्रदर्शन गरेको छ ।  विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाति कदमभन्दै नेपाल खेलकुद महासंघ (ओली समूह) ले काठमाडौंको त्रिपुरेश्वरमा सडक प्रदर्शन गरेको हो ।  तस्बिरहरु सुनिल प्रधान