विराटनगर : दुई दिनअघि गाँजासहित पक्राउ परेका एक जना थुनुवाको आइतबार मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो।उनी गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ परेका थिए।उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप्न अदालत लैजाने तयारी गरेको थियो। सोही क्रममा बेहोस भएका उनको उपचार गर्दागर्दै कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी