विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्ने नेपाल र चिनियाँ अधिकारीबीच छलफल

–नवीन पौडेल /रासस बेइजिङ, २ कात्तिक । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो । नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको […]

सम्बन्धित सामग्री

‘जिम्मेवार व्यवसाय सम्मेलन’ गर्दै एनबीआई

काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ ओटा विषयमा विभिन्न प्रस्तुतिमार्फत छलफल गरिने बताइएको छ । समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ता रहने यस सम्मेलनमा ३०० भन्दा बढी व्यवसायी तथा निजीक्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यावसायिक पहलले पत्रकार भेटघाटमार्फत जानकारी दिएको छ । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषयमा छलफल गर्न सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार छ भने निजीक्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने बताइएको छ ।

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

काठमाडौँ, १ वैशाख । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आएएफआरसी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र […]

मनसुन प्रतिकार्य योजना स्वीकृत, कार्यान्वयनका लागि कमाण्ड टोली गठन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज सिंहदबारमा बसेको १३औँ बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो । कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण तथा प्रभाव आँकलन, मन्त्रालयगत तथा विषयगत क्षेत्रको जिम्मेवारीका साथै आपतकालीन सञ्चालन कोष तथा सामग्रीको मौज्दात विवरण समेटिएको छ । दुई खण्डमा बाँडिएको कार्ययोजनाको पहिलोमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलन, विगतका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा र मन्त्रालय तथा विषयगत क्षेत्रको जिम्मेवारी समेटिएको छ । दोस्रो खण्डमा सङ्घीय मन्त्रालय तथा निकाय र विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना समावेश छ । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न र मनसुनजन्य विपद्को व्यवस्थापनलाई कार्यान्वयन तहमा प्रभावकारी समन्वय तथा सहकार्य गर्न मनसुन अवधिभरका लागि बैठकले गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ । टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागका प्रतिनिधि सहभागी छन् । बैठकमा गृहमन्त्री खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय र विषयगत निकाय तथा सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाणले विपद्का घटनालाई न्यूनीकरण गर्न तथा घटना भइहालेमा अस्तव्यस्तता रोक्न प्रभावकारी सञ्चारमा जोड दिनुपर्ने धारणा राखेका थिए । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शङ्करदास बैरागी, गृहसचिव टेकनारायण पाण्डेलगायतले धारणा राखेका थिए।

महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न

काठमाडौं (अस) । महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डटकम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज)ले मिलेर महिला उद्यमीहरूको सशक्तीकरणमा पहल गर्न उद्यमी उत्थान अभियान अन्तर्गत सो परियोजना शुरू गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले सहयोग गरेको थियो । परियोजनाबाट प्राप्त नतीजाहरूबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरूको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालीम उपलब्ध गराएको, हितकारीलाई ठूलो डटकमबाट ई–कमर्श मञ्चहरूमा आबद्ध गराएको, वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवं विस्तारका लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् । परियोजनाले व्यवसाय र उपभोक्तालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डटकम र इमर्जसँगको सहकार्य महत्त्वपूर्ण रहेको यूएसएड अन्तर्गत तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।

महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न

वैशाख २९, काठमाडौं । घरेलु सामाग्री उत्पादक महिलाहरु समेत रहेको महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डट कम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले मिलेर महिला उद्यमीहरुको सशक्तिकरण पहल गर्न उद्यमी उत्धान अभियान अन्तर्गत सो परियोजना शुरु गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको थियो ।  परियोजनाबाट प्राप्त नतिजाहरुबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष रुपमा दुबै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरुको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालिम उपलब्ध गराएको, हितकारीहरुलाई ठूलो डट कमबाट ई–कमर्श मञ्चहरुमा आबद्ध गराएको र वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवम् विस्तारको लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् । परियोजनाले व्यवसाय र उपभोक्ताहरुलाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे निर्धारित वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डट कम र इमर्जसँगको सहकार्य अद्भूत रहेको यूएसएड–तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।

‘विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।   नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । “विपद्सँग सामना...

‘विपद् जोखिम न्यूनीकरणमा समन्वयको अभाव’

काठमाडौं । विपद्जन्य घटनाको उच्च जोखिमा रहेको नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा साझा र समन्वयात्मक प्रयास फितलो रहेको औंल्याइएको छ ।   काठमाडौंमा मंगलवार आयोजित गोष्ठीका सहभागीले हरेक निकायबीच समन्वय बढाउन नसकिए जोखिम न्यूनीकरण गर्न कठिन हुने बताए । तीन तहको सरकारबीच नै समन्वय हुन नसकेको भन्दै उनीहरूले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन समाज नेपाल, डीपी नेट नेपाल, ग्रामीण समाज कल्याण संघ र गैरसरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा भएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी गोष्ठीका वक्ताले साझा प्रयासको आवश्यकता भएकामा जोड दिएका छन् । गोष्ठीमा डीपी नेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले तीनै तहको सरकार र समुदायबीच समन्वय नभए जोखिम कम गर्न नसकिने उल्लेख गरे । ‘आकाश गड्गढाउने बित्तिकै खोलाले लैजाने हो कि पहिराले थिच्ने भन्ने डरमा मानिस बस्न बाध्य छन्,’ उनले भने । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण आएपछि केही काम भए पनि अझै धेरै गर्न बाँकी रहेको थापाको भनाइ थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले दुई वर्षदेखि प्राधिकरणले काम गर्न थाले पनि धेरै चुनौती यथावत रहेको बताए । ‘जनशक्ति व्यवस्थापनदेखि भएका नियम कानून र कार्यविधि परिमार्जन जरुरी छ,’ उनले भने, ‘संस्थागत संरचना नै कमजोर छ ।’ विगत १० वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी मनसुनजन्य घटनाले क्षति पु¥याएको र त्यसमा पहिरो र चट्याङले बढी मानवीय क्षति भएको उनले तथ्यांक सार्वजनिक गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विपद् महाशाखामा कार्यरत उपसचिव ऋषिराम आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी भएका प्रयासका बारेमा कार्यपत्र प्रस्तुत गरे । यसको व्यवस्थापनविना दिगो विकास लक्ष्य प्राप्त गर्न नसकिने उनले स्पष्ट पारे । विभिन्न १६ मध्ये सात लक्ष्य विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन कार्यक्रमसँग सम्बन्धित रहेको आचार्यले बताए । राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका महासचिव विष्णु तिमिल्सिनाले विपद्का कारण हुने तत्कालीन र दीर्घकालीन प्रभावको मूल्यांकन गर्न नसकिए जोखिम न्यूनीकरण गर्न नसकिने ठोकुवा गरे । सूचना प्रणालीदेखि जोखिमको प्रभावका विषयमा समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खुमकान्त आचार्य जोखिम न्यूनीकरणका लागि समन्वय र सहकार्य जरुरी रहेको औंल्याउँछन् । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११औं स्थानमा तथा बाढीपहिरो प्रकोप जोखिमका हिसाबले ३०औं स्थानमा छ । नेपाल जलवायु परिवर्तनको जोखिमका दृष्टिले ३०औं र सडक दुर्घटनाको जोखिमका हिसाबले ५०औं स्थानमा रहेको कार्यक्रममा जानकारी दिइएको छ । रासस

कोरोना रोकथाम र नियन्त्रणका लागि नबिल बैंकको ८ करोड सहयोग

जेठ ५, काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । सो सम्बन्धि नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर मंगलवार भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ । यसका लागि अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने जानकारी दिएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिइएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालू आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड रुपैया नगद सहयोग गरेको छ । त्यसै गरी नबिल बैंकले सरकारी तथा विपदमा काम गरेका विभिन्न संस्थासँग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै ओटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । त्यसैगरी बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ । विर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बंैकले थप प्रकिया अगाडि बढाइसकेको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रू. ८ करोडको सहयोग प्रदान गर्ने भएको छ । विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनिकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँग यस किसिमको साझेदारी गरेको बैंकले बताएको छ ।

ग्यासको आगलागी नियन्त्रण सम्बन्धी तालिम

न्युज अफ नेपाल, ललितपुर । फेन्ड्स सर्भिस काउन्सिल नेपालले घरेलु र ग्यासको आगलागी नियन्त्रण विधि बारे दुई दिन प्रशिक्षण सञ्चालन गरेको छ । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर महानगरपालिका– १९ संग सहकार्य गरी मंगलबार र बुधबार सो तालिम सञ्चालन गरिएको हो । तालिममा आगलागी नियन्त्रण सम्बन्धी सैद्धान्तिक र […]