राष्ट्रिय व्यवसायिक पहलको चौंथो 'जिम्मेवार व्यवसाय सम्मेलन' यही मङ्सिर २१ र २२ गते हुने

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौंथो 'जिम्मेवार व्यवसाय सम्मेलन' (4th Responsible Business Summit) यही मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नवआयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ ओटा विषयहरूमा विभिन्न प्रस्तुतिहरूमार्फत  छलफल गरिनेछ । समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय उर्जासम्बन्धी विषय रहनेछन्। त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहनेछ । ३० भन्दा बढी वक्ताहरू रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यवसायिक पहलले जनाएको छ  । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन अझ बढी सान्दर्भिक आयोजकको विश्‍वास लिएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहनेछ । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करण “Adapting to Emerging Business Realities” एडप्टिङ टु इमर्जिङ बिजनेश रियालिटी भन्ने नाराका साथ हुन लागेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा नियमावलीको प्रतिवेदन राष्ट्रिय सभाबाट स्वीकृत

२४ माघ,काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ […]

राष्ट्रिय भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

२७ पुस, काठमाडौं । जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा बिहीबार भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ […]

राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा काठमाडौंमा हुने

नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

राष्ट्रिय परिचयपत्र छपाई सुरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् । विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ […]

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय सभागृह काठमाडौंमा अनलाइन इनरोलमेन्टसहितको स्टेशन स्थापना गरेको हो ।  विभागले काठमाडौं महानगरपालिकामा बस्ने नेपाली नागरिकको सहजताका लागि सभागृहमा दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।  राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता...

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन […]

राष्ट्रिय जनमोर्चा विभाजित

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहा

राष्ट्रिय जनगणनाका चुनौती

राष्ट्रिय जनगणना राष्ट्रिय तथ्यांक प्रणालीको एकीकृत रूप हो । हरेक १० वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणनाले राष्ट्रिय आवधिक वा दिगो विकास लक्ष्य एवं सामाजिक, जनसांख्यिक, भाषिक र आर्थिक सूचकका रूपमा...

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास तालिम संचालन गर्ने भएको छ ।  युवालाई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद र संखुवासभाको चैनपुर नगरपालिका बीच सम्झौता भएको छ ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ,...

राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस

२७ असार, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस भएको छ । आइतबारको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुख्यतः दुई कुरा उठाए । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेश गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने । त्यसका लागि […]