माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आयो

साउन ९, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा  आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ छ । परीक्षण उत्पादनको क्रममा खासै समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ । ७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

सम्बन्धित सामग्री

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

काठमाण्डाै - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ। छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा

काठमाडौं/दोलखा । निर्माणका क्रममा विभिन्न आरोह अवरोहको सामना गर्दै अन्ततः राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमवारदेखि सञ्चालनमा आएको छ । सोमवारदेखि उक्त आयोजनाको ७६ मेगावाट क्षमता भएको एक युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन गर्न शुरू गरिएको हो । कुल क्षमता ४५६ मेगावाट रहेको यस आयोजनाको निर्माण विसं २०६७ देखि शुरू भएको थियो । त्यसबेला आयोजनाको मुख्य सिभिल निर्माण थालनी गरिएको थियो । त्यसपछि २०७८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले यस आयोजनाको शिलान्यास गरेका थिए । सोमवार एक औपचारिक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो । उहाँले काठमाडौंबाट भर्चुअल माध्यमबाट दोलखाको बिगु गाउँपालिकास्थित आयोजनाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित ऊर्जामन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा आयोजनाका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी लगानीमा यतिका ठूलो आयोजना बन्नु खुशीको कुरा भएको बताउनुभयो । आयोजनाले ऊर्जाक्षेत्रको मात्र नभएर राष्ट्रको नै आत्मविश्वास बढाएको उहाँको भनाइ थियो । ऊर्जामन्त्री पौडेलले नेपाली पूँजीमा निर्मित आयोजनाबाट मुलुकको अर्थतन्त्रमा ठूलो उपलब्धि हुने बताए । आयोजनाका कारण अब नेपालमा लोडशेडिङको पुनरावृत्ति नहुने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजनाले वार्षिक २२८ करोड युनिट बिजुली उत्पादन गर्ने बताए । स्वदेशी लगानीमा बनेको उक्त आयोजना २०७३ भित्र नै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको थियो ।  तर, आयोजना आपैm विवादमा पर्ने, निर्माण कम्पनीको खराब कार्यसम्पादन तथा प्राकृतिक प्रकोपलगायत कारण आयोजना समयमा सञ्चालनमा आउन सकेको थिएन । तोकिएको म्याद सकिएको झन्डै ५ वर्षपछि उक्त आयोजना सञ्चालनमा आएको हो । निर्माण कम्पनीको कार्यसम्पादन राम्रो नहुँदा निर्माण कार्यमा ढिला भएको आयोजनाको भनाइ छ । २०७२ सालको भूकम्पले आयोजनाको निर्माणमा नराम्रो प्रभावित ग¥यो । भूकम्पलगत्तै भारतीय नाकाबन्दीको असर पनि आयोजनामा परेको थियो । मधेश आन्दोलन तथा नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, आयोजनाको डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारले विभिन्न बहानामा काममा गरेको ढिलाइजस्ता कारणले आयोजनाको निर्माण ढिलाइ भएको आयोजनाको दाबी छ । पहिले तोकिएको म्याद सकिएपछि पछिल्लोपटक गत आवभित्र नै आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण आयोजनाको निर्माण कार्य पुनः प्रभावित भयो । अन्ततः बहु प्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमवारदेखि बिजुली उत्पादन गर्न शुरू गरिएको हो । विशेषगरी लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङले काम गर्न ढिलाइ गरेपछि कठिन मानिएको ३७३ मीटर लामो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी त्रिपक्षीय (आयोजना, टेक्सम्याको र एन्ड्रिज) सहमतिमा इलेक्ट्रोमेकानिकल (लट ३) को अस्ट्रियन ठेकदार कम्पनी एड्रिजलाई दिइएको थियो । एन्ड्रिजलाई तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम दिइएपछि कामले गति लिएको थियो । ३१० मीटर लामो माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको काम भने टेक्सम्याकोले नै गरेको थियो । आयोजनाको निर्माण कार्य लम्बिएपछि लागत पनि ह्वात्तै बढेको छ । पहिले रू. ३५ अर्बमा यो आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, हालसम्म आउँदा आयोजनामा रू. ८४ अर्ब खर्च भइसकेको छ । त्यसमा रू. ५२ अर्ब खुद लागत रहेको छ भने ब्याजबापत ३२ अर्ब खर्च हुने आयोजनाको भनाइ छ । अमेरिकी डलरको मूल्यमा आएको उतारचढावका कारण पनि लगानी बढेको बताइएको छ । यस आयोजनामा ७६/७६ मेगावाटका ६ युनिट रहेका छन् । त्यसमध्ये आयोजनाको पहिलो युनिट परीक्षणका रूपमा सोमवारदेखि सञ्चालनमा ल्याएको हो । बाँकी रहेका पाँचओटा युनिट पनि २/२ हप्ताको अन्तरमा सञ्चालनमा ल्याइने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । समय तालिकाअनुसार भदौभित्र सबै युटिन सञ्चालनमा आउने उनको भनाइ छ । आयोजनाबाट परीक्षणका रूपमा उत्पादन भएको विद्युत् खिम्ती ढल्केवर प्रसारण लाइनमार्पmत राष्ट्रिय प्रसारणमा जोडिएको छ । परीक्षण उत्पादन भएको १५ दिनपछि भने आयोजनाबाट व्यावसायिक रूपमा नै विद्युत् उत्पादन हुने बताइएको छ । सोमवार आयोजना उद्घाटन गर्ने भएपछि आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको ४७ दशमलव २ किलोमीटर लामो विद्युत् प्रसारण लाइन चार्जिङ गरिएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले बताए । आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्रीले हतारो गरे पनि आयोजनाको रामेछापको पूmलासीमा रहेको स्टेशनमा उपकरण जडान गर्ने काम अझै सकिएको छैन । यस्तै रोलवालिङ खोला मिसाउने काम हुन सकेको छैन । सुक्खा यामका लागि रोलवालिङ खोलाबाट पानी ल्याउन आवश्यक रहेकाले रोलवालिङ डाइभर्सन बनाउन आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ । आयोजना सञ्चालनमा आएपछि कम्पनीको वित्तीय विवरणमा आगामी आवदेखि नै सुधार देखिने सीईओ श्रेष्ठले बताए । ‘अब आयोजना सञ्चालन आउने भएपछि आम्दानी भइहाल्छ । त्यसपछि वित्तीय विवरणमा सकारात्मक रूपमा प्रभाव देखिन थाल्छ,’ आर्थिक अभियानसँग उनले भने, ‘अहिलेसम्म आयोजना सञ्चालनमा नआएकाले कम्पनी घाटामा गएको हो । त्यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं ।’ आयोजनाको प्रवर्द्धक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ५० लाख २८ हजारले घाटामा रहेको छ । चालू आवको अन्त्यसम्म त्यो थपघट हुन सक्छ । तर, आगामी आवदेखि भने त्यसमा सुधार आउने श्रेष्ठको भनाइ छ । ‘शेयरधनीलाई कुन समयमा कति लाभांश दिने भनेर अहिले नै भन्न सकिँदैन । तर, उनीहरूलाई राहत हुने आयोजनालाई सञ्चालन गर्नेछौं,’ श्रेष्ठले बताए । कम्पनीमा प्राधिकरणको ४१ दशमलव प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानीको कोष र राष्ट्रिय बीमा संथाको २÷२ प्रतिशत शेयर रहेको छ । साथै, सर्वसाधारणको १५ प्रतिशत र स्थानीय बासिन्दाको १० प्रतिशत शेयर अंश रहेको छ ।

माथिल्लो तामाकोशी : मुलुकका लागि ‘गेमचेञ्जर’ आयोजना

कूूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आम मानिसको चासो रहेको छ ।  सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, “मुलुकको आर्थिक वृद्धिमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ ।” ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै रु ९० देखि रु १०० बराबरको प्रभाव पार्दछ । अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफै...