दोश्रो संविधानसभामा २०७२ फागुन ३० गते बैंकको लकरमा गोली भेटिएपछि सांसद ल्हारक्याल लामा पक्राउ परे। उनीमाथि प्रहरीले अनुसन्धानपछि हतियार तथा खरखजाना मुद्दा चलायो। अभियोग रहुन्जेल लामा निलम्बित भए। २०७३ कात्तिक ३० मा उनले सफाइ पाए। लगत्तै मंसिर ३ गतेको संसद बैठकमा उनको निलम्बन फुकुवा भयो। पहिलो संविधानसभामा सद्भावना आनन्ददेवीका अध्यक्ष तथा सांसद श्यामसुन्दर गुप्ता व्यापारी अपहरणमा…