आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिमा भागबण्डा करिब टुंगिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा महानगर र उपमहानगरपालिकाको भागबण्डा भएको हो । काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवाद