माओवादी कर्णालीमा पहिलो पार्टी बन्ने गरी भागबण्डा हुनुपर्छ : अध्यक्ष केसी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन् । सीट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क छ । ०७४ मा प्रदेश सभा तर्फ प्रत्यक्षतर्फ २४ सीट मध्ये ९ सीट जितेको थियो । बाम गठबन्धन भएको हिसाबले सरकारको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त गरेको थियो । आसामी मंसिर ४ मा हुने निर्वाचन पछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सीट बाँडफाँट हुनुपर्ने