तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तत्कालका लागि विभाजनबाट जोगिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा समेत दिने तयारी गर्दै गर्दा बिहीबार भएको वार्ता सकारात्मक बनेको  हो ।  राजधानीको चपली हाइटमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता सकारात्मक बन्दै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।   प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्...

सम्बन्धित सामग्री

माधव नेपालसँग परामर्श गरेर फर्किए घनश्याम भुसाल, कार्यदल बैठक ८ घण्टादेखि जारी

एमाले वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेर एमाले उपमहासचिव एवं कार्यदल सदस्य घनश्याम भुसाल सिंहदरबार फर्केका छन् ।  पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक चलिरहेको समयमा भुसाल बैठकबाट बाहिरिएर नेता नेपाललाई भेट्न गएका थिए ।  नेता नेपालसँग परामर्श गरेर भुसाल साढे ५ बजे अर्थ मन्त्रालयमा फर्केका हुन् ।  मन्त्रालयमा बिहान सवा ९ बजेदेखि एमाले विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ ।  एमाले कार्यदलको बैठक चलिरहेका कारण ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक शुरू हुन सके...

एमालेको विवाद समाधन गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास

विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौं।एमालेभित्र देखिएको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्न लागेको हो। यसअघि बिहीबार साँझको बैठकमा सहमति हुने भनिए पनि अर्थमन्त्री समेत रहेका कार्यदल सदस्य विष्णु पाैडेल सहभागी नभएपछि अनाैपचारिक छलफल मात्रै भएको थियो। बिहीबार सहमतिको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरूसहित छलफल भएको थियो।

विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक बस्दै

काठमाडाैं।एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ। एमाले विवाद बढ्दै गएपछि गत जेठको पहिलो साता गठित कार्यदल विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल समूहका सांसदले हस्ताक्षर गरेपछि कार्यदल निस्क्रिय बनेको थियो। प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथिको सुनुवाइ सकिएसँगै सोमबारदेखि पुनः सक्रिय भएको हो। सोमबारको बैठकमा हालसम्म भएका छलफलको समीक्षा गरेको थियो।

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै

२२ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको […]

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय

आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । सिंहदरबारमा …

एमालेमा विवाद मिलाउन कार्यदल गठन

सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आइतबारको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा […]

एमाले विवाद मिलाउने कार्यदलमा को–को ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन्।   पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेसँगै १० सदस्यीय कार्यदल बन्ने भएको स्रोतले जनाएको। कार्यदलमा शुरुमा विष्णु पौडेल संयोजक रहनेगरी तय भएको छ त्यसमा सुवास नेम्वांग, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालको नाम ट...

ओली-नेपाल वार्तामा कार्यदल बनाउने सहमति, राजीनामा दिने विषय टर्‍यो

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भएको वार्तामा पार्टीको विवाद मिलाउन कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ। वार्ता सकिएपछि बाहिरिने क्रममा नेता नेपालले भने,"विवाद मिलाउन छिट्टै कार्यदल बनाउने कुरा छ। तत्कालको लागि राजीनामा दिने विषय टरेको छ। "