एमाले वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेर एमाले उपमहासचिव एवं कार्यदल सदस्य घनश्याम भुसाल सिंहदरबार फर्केका छन् ।
पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक चलिरहेको समयमा भुसाल बैठकबाट बाहिरिएर नेता नेपाललाई भेट्न गएका थिए ।
नेता नेपालसँग परामर्श गरेर भुसाल साढे ५ बजे अर्थ मन्त्रालयमा फर्केका हुन् ।
मन्त्रालयमा बिहान सवा ९ बजेदेखि एमाले विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ ।
एमाले कार्यदलको बैठक चलिरहेका कारण ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक शुरू हुन सके...